१७ हजार घुससहित सहायक वन अधिकृत नियन्त्रणमा

काठमाडौँ । १७ हजार घुसस रकमसहित सहायक वन अधिकृतसहित ६ जना नियन्त्रणमा लिइएको छ । सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरका प्रमुख (सहायक वन अधिकृत) शिवनारायण यादवसहित ६ जना १७ हजारलाई घुस रकमसहित नियन्त्रणमा लिइएको छ । घुस लिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा घुस बापतको रकम फेला परेको हो ।

टोलीले उक्त घुस रकमसहित सहायक वन अधिकृत यादव, सव–डिभिजन वन कार्यालय लालबजार रामपुर, उदयपुरका प्रमुख (सहायक वन अधिकृत) बिनोदकुमार साह, फोरेष्टर रमेश राई, सव–डिभिजन वन कार्यालय मैनामैनी उदयपुरमा कार्यरत फरेष्टर विशेश्वर चौधरी, वन रक्षकद्वय शैलेन्द्र झा र मनोजकुमार राउतलाई नियन्त्रणमा लिई मंगलबार अख्तियारको आयोगको कार्यालय इटहरीमा दाखिला गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता ताराप्रसाद अधिकारीले जनाएका छन् । उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *