साउन २९ देखि भदौ ५ गतेसम्म बुटवलमा लकडाउन

काठमाडौं । बुटवल उपमहानगरपालिकाले साउन २९ गत बिहीबार देखि भदौ ५ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस(कोभिडा १९)को संक्रमण वृद्धि भएसँगै उपमहानगरपालिकाले बिहीबार राती १२ बजेदेखि भदौ ५ गते १२ बजेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकामा बुधबार बसेको प्रदेश ५ का आन्तरिक मामिला मन्त्री कुलप्रसाद केशी, सुरक्षा निकायका प्रमुख तथा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहितको बुटवलमा पुनः लकडाउन गर्ने निर्णय गरेको हो।

लकडाउन घोषणा गरिएपछि बुटवलमा अत्यावश्यक सेवाका सवारी साधन, दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने साधन लगायत अत्यावश्यक सेवा मात्र संचालन हुने छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *