कोरोनाबाट एक कर्मचारीको मृत्यु : मृतकमा मधुमेह र उच्च रक्तचापको पनि समस्या

विराटनगर । विराटनगरमा कोरोना सङ्क्रमणका कारण एक कर्मचारीको मृत्यु भएको छ ।

सोमबार कोरोना पुष्टि भएका विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका पुरुषको बुधवार बेलुका कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । मृतक पुरुष नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक कर्मचारी रहेको बताइएको छ ।

उनलाई सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

मृतक पुरुषमा मधुमेह तथा उच्च रक्तचापको समस्या पनि रहेको बताइएको छ । यो सँगै विराटनगरमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ पुगेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ५५ पुगेको छ । बुधवार मात्रै १३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *