सुनको मूल्य फेरि वृद्धि, प्रतितोला २ हजार ४ सय रुपियाँ बढ्यो

काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्यमा हिजो भारी गिरावट आए पनि आज पुनः बढेको छ । हिजो एकैदिन प्रतितोला ६ हजार २ सय रुपियाँ घटेको सुनको मूल्य आज पुनः प्रतितोला २ हजार ४ सय रुपियाँ बढेको छ । भने चाँदी पनि आज प्रतितोला ८५ रुपियाँ बढेको छ । चाँदी हिजो एकै दिन प्रतितोला २२५ रुपियाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपियाँ, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ९५ रुपियाँमा निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *