कर्मचारीमा काेराेना देखिएपछि सौराहाका बैंक तथा बित्तीय संस्था बन्द
मकालु खबर
२०७७ साउन २९ गते
चितवन । एक कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पर्यटकीय नगरी सौराहामा रहेका बैंक तथा बित्तीय संस्था बन्द गरिएको छ । प्रभु बैंक सौराहा शाखाका एक कर्मचारीमा हिजो कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । ती कर्मचारीले नवलपरासीमै स्वाब दिएका थिए । तीन दिन अघि उनी सौराहा शाखामा सरुवा भइ आएका हुन् ।
सौराहामा झन्डै दुइ दर्जन बैंक तथा बित्तीय संस्था छन् । कोरोना संक्रमण देखिएका ती कर्मचारीको कन्ट्र्याक ट्रेसिङ गरि रिपोर्ट नआउन्जेल सम्मका लागि बैंक तथा बित्तिय संस्था बन्द गरिएको ईलाका प्रहरी कार्यालय टाँडिका प्रहरी नायब उपरीक्षक रबिन कार्कीले बताए । ट्रेसिङको काम भइरहेको छ ।
चितवनमा हिजो एक चिकित्सक र ६ जना शसस्त्र प्रहरिमा कोरोना पोजेटिभ देखिएको थियो ।
मकालु खबर
२०७७ साउन २९ गते
प्रतिक्रिया
सम्बन्धित