पूर्वराष्ट्रपति मुखर्जी कोमामा, अवस्था चिन्ताजनक

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बनेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ ।

बिहीबार (आज) बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ ।

गत सोमबार उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । त्यसपछि उनको ब्रेन सर्जरी पनि गरिएको थियो ।

गत सोमबार ८४ वर्षीय मुखर्जी आफैँले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका थिए ।

उनका परिवारले उनको मृत्युबारे फैलिरहेको गलत समाचारको विश्वास नगर्न पनि आग्रह गरेका छन् । उनीहरुले पछिल्लो समय मुखर्जीको स्वास्थ्य अवस्थाबारे धेरै हल्ला फैलिरहेको पनि उल्लेख गरेका छन् ।

मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति थिए । हिन्दूस्तान टाइम्सबाट–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *