दारु खाएर धुत्त भएका प्राध्यापकद्वारा महिला पत्रकारमाथि अश्लिल दुर्व्यहार !

धरान । इटहरीका एक प्राध्यापकले महिला पत्रकारलाई राती फोन गरेर अश्लिल शब्द प्रयोग गर्दै दुर्व्यहार गरेका छन् । इटहरी स्थित जनता बहुमुखी क्याम्पसका प्राध्यापक राजन भट्टराईले सोही क्याम्पसकी प्रध्यापक तथा पत्रकार समेत रहेकी कृष्णकला राईलाई फोन मार्फत अश्लिल शब्द प्रयोग गर्दै दुर्व्यहार गरेका हुन् ।

उनको अडियो नै सार्वजनिक भएको छ । ती प्राध्यापकले राती मादक पदार्थ सेवन गरेर महिला पत्रकारलाई अश्लिल शब्द प्रयोग गरेका छन् । उनले बुधबार राती महिला पत्रकारलाई अश्लिल शब्द प्रयोग गर्दै कुरा गरेका हुन् ।

प्राध्यापक भट्टराईले ती महिला पत्रकारलाई राती अबेर समाचारको श्रोत भने जसरी अश्लिल शब्द प्रयोग गर्दै कुराकानी गरेका छन् । पिडीत महिला पत्रकारले ती प्राध्यापकले आफुलाई नियतवस नै त्यस्तो गरेको बताएकी छन् ।

प्राध्यापक राजन भट्टराई, तस्विरः सामाजिक सन्जाल ।

कुराकानीका क्रममा ती महिला पत्रकारले प्राध्यापकलाई यति राती के कारणले फोन गर्नुभयो भन्दा प्राध्यापकले भनेका छन्,‘आँपगाछीमा एकजना छोरी मान्छेले छोरा मान्छेलाई बियर खान बोलायो, कोही छोरा मान्छे गयो । उसको बुढो पनि थियो त्यतिबेला, तर बुढो राती माछा मार्न गयो । उसकोमा बियर खान आएको मान्छे छ नि त्यसले बुढीलाई….. चढेछ ।’

प्राध्यापकको कुरा सुनेपछि ती पत्रकारले तत्कालै यो कुरा समाचारका लागि भनेको होकी अरु कारण हो भन्दै सोधेकी छन् । त्यसपछि प्राध्यापक भट्टराईले ‘तँ आफैं कुरा बुझिहाल्छेस नी !’ भनेका छन् ।

३ मिनेट २५ सेकेन्डको अडियोमा भट्टराईले कसैसँग भएका यौनका बिषयमा सहकर्मीसँग कुरा गर्दै र्दुव्यहार गरेका छन् । भट्टराई जनता बहुमुखी क्याम्पसमा बजारशास्त्र बिभागको प्रमुख रहेका छन् । यसभन्दा अगाडि पनि पटकपटक मदिरा सेवन गरेर भट्टराईले राती फोन गर्ने गरेको सोहि क्याम्पसकी प्राध्यापक समेत रहेकी ति पत्रकारको भनाई छ ।

महिलालाई मादक पदार्थ सेवन गरी अश्लिल कुराकानी गरेको विषयमा प्राध्यापक भट्टराईले आफुबाट गल्ती भएको बताए । उनले अरु बेलापनि कुराकानी हुने गरेको बताउँदै हिजो चैं आफ्नै घर छेउको घटना भएकोले बताउँदा अन्यथा भएको जिकिर गरे । ‘अरुबेला पनि उहाँसँग गफ हुन्थ्यो, हिजो चै, मैले गल्ती गरेकै हुँ ।’ उनले मकालु खबरसँग भने ।

यस विषयमा पत्रकार राईसँग कुरा गर्न उनको मोवाइलमा सम्पर्क गर्दा उनको फोन उठेन । प्रध्यापक भट्टराईले फाेनमा बाेलेकाे संवाद मकालु खबरसँग सुरक्षित रहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *