कोशी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाका संक्रमितको मृत्यु
मकालु खबर
२०७७ साउन ३० गते
काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।
उनलाई उपचारका लागि मंगलबार उपचारका लागि विराटनगर पुर्याइएको थियो । कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेर परीक्षणका लागि स्वाब संकलन गर्दा बिहीबार साँझ रिपार्ट पोजेटिभ आएको थियो ।
कोरोना रिपोर्ट पोजिटिभ आएको एक घण्टापछि नै उनको मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोश हरी निरौलाले मकालु खबरलाई जानकारी दिए । मृतक पुरुषमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो ।
मकालु खबर
२०७७ साउन ३० गते
प्रतिक्रिया
सम्बन्धित