एनआईसी एशिया बैंकको नाफा ३ अर्ब १२ करोड
काठमाडौं । एनआईसी एशिया बैंकले ३ अर्ब १२ करोड नाफा गरेको छ । एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७६र७७ मा ३ अर्ब १२ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा ३ प्रतिशत अर्थात ९ करोड रुपैयाँ बढी हो । बैंकले अघिल्लो आव २०७५र७६मा ३ अर्ब २ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा ३२.१२ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको कम्पनीको स्वपुँजीमा १९.४१ प्रतिशत प्रतिफल रहेको बैंकले जनाएको छ ।
बैंकको आ.व. २०७६र७७ मा कुल कर्जामा बजार अंश ६.५० प्रतिशत रहेको छ भने चौथो त्रैमाससम्ममा कर्जातर्फ २३ अर्ब रुपैयाँले वृद्धि गरी कुल कर्जा रकम १ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको छ । बैंकले १६ प्रतिशत (रू. २३ अर्ब) ले कर्जा वृद्धि गर्न सफल भएको छ ।
साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने चौथो त्रैमाससम्ममा ३८ अर्ब रुपैयाँले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २ खर्ब ११ अर्ब पुर्याउन बैंक सफल भएको छ । बैंकले २२.५० प्रतिशत (रू.३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको छ ।
बैंकको निष्क्रिय कर्जा बढेर ०.७५ प्रतिशत, पुँजी कोष अनुपात १३.२० प्रतिशत रहेको छ भने कोषको लागत घटेर ५.५६ प्रतिशत पुगेको छ। त्यस्तै, बैंकको आधार दर ७.७० प्रतिशत रहेको छ भने स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ ।
९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ । बैंकको प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा रहेको छ। त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात १७.२२ गुणा कायम भएको छ ।