कोरोना ‘अस्थायी’ अस्पतालमा उपचाररत संक्रमितको मृत्यु
मकालु खबर
२०७७ साउन ३१ गते
काठमाडौं । पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका ६० वर्षीय संक्रमितको मृत्यु भएको हो ।
वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ती पुरुषको शुक्रबार साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको कोरोना अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिए ।
साउन २४ मा कोरोना अस्पताल भर्ना भएका ती पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए ।
मकालु खबर
२०७७ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित