नारायणीमा नदिको बहाबले सतर्कता नाघ्यो, उच्च सतर्कता अपनाउन आग्रह

चितवन । नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । शनिबार बिहान ८ः५५ बजे देवघाटमा नदीको सतह ७.६ मिटर पुगेको हो ।

नारायणी नदी देवघाटमा ७.३ मिटर पुग्दा सतर्कताको तहमा पुगेको मानिन्छ । यस्तै उक्त ठाउँमा नदीको सतह ८ मिटर पुग्दा खतरा मानिन्छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जलसतहले सतर्कताको तह पार गरेकोले चितवन र नवलपरासीको नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।नदीको सतह बढ्दो क्रममा रहेकाले नदी किनारमा माछा, मार्ने, दाउरा टिप्ने जस्ता कार्य नगर्न उनले अनुरोध गरे । नदीको सतह बढेसँगै नदी किनारमा हेर्ने, सेल्फी फोटो-भिडियो खिच्ने जस्ता कार्य गर्दा समेत होसियारी अपनाउन उनले आग्रह गरेका छन् ।

विगत केही दिनदेखि पहाडी जिल्लामा वर्षाभएसँगै नारायणी नदीको जलस्तर बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *