भारतबाट फर्किएकाबाट रकम असुलेको आरोपमा समातिए ‘माइकल’
मकालु खबर
२०७७ साउन ३१ गते
कैलाली । भारत जाने भनेर कैलालीको त्रिनगर भन्सार सीमा नाकामा आएका ९ जना व्यक्तिबाट रकम असुलेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङ घर भई धनगढी बस्दै आएका माइकल भनिने एकेन्द्र खत्री रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको बताईएको छ ।
मकालु खबर
२०७७ साउन ३१ गते
प्रतिक्रिया
सम्बन्धित