के पैसाको कारोबारबाट कोरोना सर्छ, के भन्छ राष्ट्र बैंक ?

काठमाडौं । विश्वभर कोरोनाको संक्रमण बढ्दै गइरहेको छ । यता नेपालमा पनि कोरोना नियन्त्रण तथा रोकथामका लागि लकडाउनपछि सटडाउन गरिएको छ । यद्यपि पनि कोरोना संक्रमण काबुमा छैन । हालसम्मको तथ्यांकलाई हेर्ने हो भने नेपालमा १ सयभन्दा धेरैको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

के भन्छ राष्ट्र बैंक ?

नेपाल राष्ट्र बैंकले पनि सकेसम्म ई बैकिङ प्रणालीमा नै कारोबार गर्नको लागि आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकरण भट्टले ई बैंकिङबाट कारोबार गर्दै सबैलाई राम्रो हुने बताए । ई बैकिङलाई प्रयोग गर्न सबैलाई प्रोत्साहन गरिएको छ । अहिले राष्ट्र बैंकले ई बैंकिङ कारोबारको लागि सहजा होस् भनेर सीमा पनि बढाएको बताए ।

बैंकर्ष संघले पनि नगद ई बैकिङ कारोबार गर्न र बैंकमा नआउन आम सर्वसाधरणसँग आह्वान गरेको छ । मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । ई बैकिङ, वालेटलगायत विद्युतीय माध्यबाट कारोबार गर्दा क्रेता र विक्रेता दुबै सुरक्षित रहने छन् ।

डाक्टरहरुको सल्लाहअनुसार सकेसम्म पैसाको प्रयोग कम गर्न सुझाव दिन्छन् । नगद करोबार गर्दा पैसा मुखको नजिक नपुर्याउन, फोहोर हातले पैसा नहुने बताउँछन् । पैंसाको कारोबार गरिसकेपछि साबुन पानीले हात धुँदा पनि कोरोनाको संक्रमण काम हुन्छ ।

नेपाल सरकारले पैसालाई सङ्क्रमणरहित बनाउन किटाणुरहित उपकरण प्रयोग गर्ने गराउने निर्णय गरेको छ । अर्थ मन्त्रालयले पैसालाई सङ्क्रमणरहित बनाउन कीटाणुरहित उपकरण प्रयोग गर्न बैंक तथा वित्तीय संस्था लगायत धेरै नगद कारोबार हुने क्षेत्रमा अनिवार्य रुपमा पैसालाई सङ्क्रमणरहित बनाउन कीटाणुनाशक उपकरण प्रयोग गर्ने गराउने निर्णय गरेको थियो ।

बैंकहरुले भुक्तानी गर्दा अनिवार्य रुपमा पैसालाई सङ्क्रमणरहित बनाउन सरकाले निर्देशन दिँदै आएको छ । कोरोना भाइरस सङ्क्रमण व्यापक रुपमा फैलिरहेको अहिलेका अवस्थामा पैसाबाट सर्न सक्ने सङ्क्रमण रोक्न बैंक तथा वित्तीय संस्थाले कीटाणुनाशक उपकरण प्रयोगलाई व्यापकता दिन सकेका छैनन् ।

न्यूयोर्क युनिभर्सिटीले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सूक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । पैसामा तीन हजारभन्दा बढी प्रकारका कीटाणु जस्तै भाइरस, ब्याक्टेरिया, सामान्य कीटाणु र ढुसी देखा परेका छन् ।

त्यस अध्ययनका अनुसार बैंकबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए । तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोल पम्प, जुत्ता सिलाउने पसल लगायतका पसलबाट शतप्रतिशत जीवाणु हुने पुष्टि भएको थियो ।
कोरोना भाइरसले विश्वभर दुःख दिरहेको बेला विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत कोरोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ ।

चीनले केन्द्रीय बैंकको गुआङझोउ ब्रान्च र पिपुल्स बैंक अफ चाइनाको संयोजकत्वमा कोरोना फैलिन नदिन प्रभावित क्षेत्रको ६ सय विलियन युआन अर्थात् ८६ बिलियन डलर नोट नष्ट गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *