मृतक वृद्धाको काेराेना रिपाेर्ट नेगेटिभ आयाे तर परिवारले अन्त्येष्टि गर्न मानेनन् !
- सुजाता लिम्बु
मोरङ । कोरोना भाइरस (काेभिड १९) रिपाेर्ट नेगेटिभ आएपनि एक वृद्धाको अन्त्येष्टि गर्न आफन्तले नमानेपछि सेनाले शव व्यवस्थापन गर्ने भएको छ । विराटनगर–३ का ८७ वर्षिया वृद्धाको अत्येष्टि गर्न आफन्त नआएपछि नेपाली सेनाले शव व्यवस्थापन गर्ने भएको हाे ।
शनिबार मृत्यु भएकी ती वृद्धामा कोरोना संक्रमण छैन । तर उनका ५६ वर्षिय छोरा, बुहारी र नातिको रिपोर्ट भने पोजेटिभ आएको छ । मृतकका छोरा मंगलबारदेखि मारबडी सेवा सदनको आइसोलेसनमा भर्ना गरिएको छ भने उनको छोरा र नाती होम आइसोलेसनमा नै रहेको विराटनगर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेतका अनुसार सङक्रमित छोरा धनकुटा पशुपंक्षी तथा मत्यस्य विकास निर्देशनालयका अधिकृत हुन् । उनले भने, ‘अस्पतालमा नै उपचारको क्रममा निधन भएको भए अस्पतालबाट नै शव लिएर अन्त्येष्टि गर्दा हुने थियो, तर घरमा नै उहाँको निधन भयो । घरैमा उहाँको बुहारी र नाती संक्रमित भएकाले कोरोना भाइरस संक्रमण छ कि भन्ने आशंकाले नेपाली सेनालाई शव व्यवस्थापनका लागि आग्रह गरेका हौँ ।’
घर परिवारको सल्लाहका साथै स्थानिय, प्रदेश सरकार सबैको सल्लाहले नोपाली सेनालाई शव व्यवस्थापन गर्न आग्रह गरेको उनले बताए । उनको भनाइ अनुसार धरानमा शनिबार राती नै विराटनगर–२ की एक महिलाको कोराना संक्रमणका कारण मृत्यु भएको छ ।
सोहि मृतक महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाका टोलि जुटेको र शव वहान त्यहि प्रयोग भएकाले सो महिलाको शव व्यवस्थापन पश्चात विराटनगरमा मृत्यु भएकी वृद्धाको शव अन्त्येष्टि हुनेछ । आज नै मृतक ८७ वर्षिया वृद्धाको पनि शव व्यवस्थापन हुने उनले बताए ।