कोरोना कोषमा बैंकको सहयोग २१ करोड ७९ लाख, कुनको कति?
काठमाडौं । सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा बैंक तथा वित्तीय संस्थाहरुले २१ करोड रुपैंया सहयोग गरेका छन् । हालसम्म ८ वटा बैंक तथा वित्तीय संस्थाहरुले कुल २० करोड ७९ लाख ५१ हजार ९ सय १७ रुपैयाँ सहयोग गरेका हुन् ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कोषमा रकम सहयोग गरेका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७\०७८ को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६\७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था अनुरुप बैंकले सो कोषामा सहयोग गरेका हुन् ।
नेपाल बैंकले ३ करोड ४६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ, प्रभु बैंकले १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ, सनराईज बैंकले ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ करोड ६९ लाख ९३ हजार १ सय ४५ रुपैयाँ, कृषि विकास बैंकले ४ करोड १० लाख १० हजार रुपैयाँ, नविल बैंकले ६ करोड रुपैयाँ र डिप्रोक्स लघुवित वित्तीय संस्था लिले ४६ लाख, ५८ हजार १ सय २९ रुपैयाँ रकम कोषमा जम्मा गरेका छन् ।