पाटन प्रतिष्ठानको अस्पताल निर्देशकमा डा. शाक्य
मकालु खबर
२०७७ साउन ३२ गते
काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल निर्देशकमा प्रा.डा. रबि शाक्य नियुक्त भएका छन् ।
प्रतिष्ठानको आज बसेको कार्यकारी परिषद्को बैठकले मानसिक रोग विशेषज्ञ डा. शाक्यलाई अस्पताल निर्देशकमा नियुक्त गरेको हो ।
प्रतिष्ठानका अनुसार अस्पतालका निर्देशक डा. विष्णु शर्माको कार्यकाल समाप्त भएपछि डा. शाक्यलाई उक्त पदमा नियुक्त गरीएको हो ।
उनी चार वर्षका लागि अस्पताल निर्देशक भएका हुन् ।
मकालु खबर
२०७७ साउन ३२ गते
प्रतिक्रिया
सम्बन्धित