बुबाको मुख हेर्ने दिन उपहार किन्दा ३० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैङ्कले यस वर्षको कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।

हरेक वर्ष कुशे औशीको दिन देशभर आफ्ना बाबुलाई मन पर्ने परिकार, कपडा वा बाबुलाई मन पर्ने सामग्री उपहार दिएर आफ्ना पिताको सम्मानमा यो चाड मनाउने गरिन्छ ।

आफ्नो इच्छा र चाहनाको ख्याल नगरी छोराछोरीको लागि पसिना बगाउने बुबाहरू उनीहरूका लागि प्रेरणाका स्रोत हुन् भन्ने मान्यताअनुरुप उनै बाबुहरूलाई सम्मान गर्नका लागि यस बैङ्कले आफ्नो उत्तरदायित्व बहन गर्दै आफ्ना ग्राहकलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको हो ।

ग्राहकले उक्त विशेष दिनमा सामग्री खरिद गरी यस बैङ्कको मोबाइल बैंकिङ्ग र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्नु सक्ने बैङ्कले जानकारी गरेको छ ।

ग्राहकले बैङ्कसँग सो अवधिमा आबद्ध भएका विभिन्न १४ वटा मर्चेन्टहरूमार्फत विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू, कपडा, केक, मिठाइ लगायतका सामग्रीहरू उक्त छुटमा खरिद गर्न सक्ने छन् ।

बैङ्कका मोबाइल बैंकिङ्ग र कार्ड (डेबिट तथा क्रेडिट) प्रयोगकर्ताले सीजी डिजिटल एलजी लाइफस्टायल सप, होटेल र्याडिशन,त्रिवेणी ग्रुप लगायतसँग उक्त सामग्रीहरू खरिद गर्दा लागत मूल्यको ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने गरी बैङ्कले समझदारी गरेको छ ।

बैङ्कले आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट/क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटेल तथा रेस्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *