एनएमबी ओम्निच्यानल : नेपालमा डिजिटल बैंकिङ्ग पुनः परिभाषित गर्ने संवाहक
काठमाडौँ । एनएमबी बैङ्कले नेपालको डिजिटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सिर्जना गर्न दुवै वेब र मोबाइल एप्लिकेशनमा “एनएमबी ओम्निच्यानल” प्रस्तुत गरेको छ । ‘साचै डिजिटल बैंकिङ्ग अनुभव’ मूल मन्त्र सहित ओम्निच्यानल डिजाइन गरी बैंकिङ्ग क्षेत्रमै यो पहिलो पटक अघि सारिएको हो ।
एनएमबी ओम्निच्यानलको साथले अब ग्राहकले नियामक निकायका आवश्यकताहरू बाहेक बैङ्कसम्म नधाईकनै आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिङ्ग गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् ।
केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न÷बन्द गर्न, समय अगावै एफडी प्रिम्याचुअर गर्न, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोबार सङ्ख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, वैवाहिक स्थिति, पेसा अपडेट गर्न उक्त एप्लिकेशनले सहयोग गर्ने छ ।
चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न, नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न, एक भन्दा बढी खाताहरू हेर्न, डिमान्ड ड्राफ्टहरू जारी गर्न, एफडीआई प्रमाणपत्र प्राप्त गर्न तथा युएसडी कार्ड अनुरोध गर्न पनि उक्त एप्लिेकेशन सहायक सिद्ध हुने बैङ्कले जनाएको छ ।
यसैगरी टप अप गर्न, कर्जा योग्यता परीक्षण गर्न, खाताको स्टेटमेन्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू शाखासम्म पुग्नुको सट्टा ओम्नि च्यानलको प्लेटफर्म मार्फत प्राप्त गर्न सकिन्छ ।
सुविधाहरू समयसापेक्ष अपग्रेड गर्दै र प्रस्तुत गर्दे लगिनेछ । ग्राहकहरूले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैङ्कको ‘eNMB’ मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरु गर्नको लागि प्रक्रियाहरू अनुसरण गर्न सक्ने जनाएको छ ।
‘एनएमबी ओम्निच्यानलले ग्राहकहरूले नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । ग्राहकहरूले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको सीमितता भन्दा माथि उठेर बैङ्कमा नधाईकनै प्रशस्त सम्भावनाहरू सहित मुख्य बैंकिङ्ग गतिविधिहरू सञ्चालन गर्न सक्छन् । कोभिड महामारीको परिवेशको बिचमा पनि एनएमबि ओम्निच्यानलले हाम्रा ग्राहकहरूको लागि घरमै बसी सुरक्षित तवरले बैंकिङ्ग कारोबारको निरन्तरताको चाहना सहजै पुरा गराउँदै छ ।
“एनएमबी ओम्निच्यानल एक सुरु देखि अन्त्यसम्मको प्रक्रिया हो जसले सबै प्रकारको म्यानुअल कामलाइृ निर्मूल पार्दै पारदर्शिता, त्रुटिमुक्त र कागजविहीन बैंकिङ्ग सुनिश्चित गर्दछ जुन बैङ्कको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्धता परिपूर्ति गर्नु रहेको छ”, बैङ्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।