गभर्नर अधिकारी होम क्वारेन्टिनमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टिन बसेका छन् । अधिकारी गत शुक्रबारदेखि ‘होम क्वारेन्टिन’मा बसेका छन् । राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको र उनीसँग भेटघाट भएकाले गभर्नर अधिकारी होम क्वारेन्टिनमा बसेका हुन् ।

करारमा कार्यरत सिभिल इन्जिनिरलाई गत बिहीबार पीसीआर परीक्षण गर्दा कोरोना पेजिटिभ देखिएको राष्ट्र बैंक श्रोतले जनाएको छ । कामको सिलसिलामा भैरहवा गएर फर्किएका ती इन्जिनियरले गभर्नर अधिकारीलाई कार्यकक्षमै भेटेर बिफ्रिङ गरेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *