प्रभुु क्यापिटलको ३ वर्षे निःशुल्क डिम्याट योजना भदौ मसान्त सम्म थप
मकालु खबर
२०७७ भदौ २ गते
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले श्रावण महिनाभरी डिम्याट खाता खोल्ने ग्राहकहरुको लागि ३ वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेकोमा ग्राहकहरुको मागलाई मध्यनजर गर्दै उक्त निःशुल्क योजना २०७७ साल भाद्र मसान्त सम्म थप गरेको छ ।
नेपाल सरकार र नेपाल धितोपत्र बोर्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार प्रभु क्यापिटलले https://dematapply.prabhucapital.com बाट अनलाईन खाता खोल्ने सुविधा सञ्चालन गरेको छ ।
साथैं यस योजनामा प्रभु क्यापिटल लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको छ ।
मकालु खबर
२०७७ भदौ २ गते
प्रतिक्रिया
सम्बन्धित