बझाङमा पहिरोले बगाउँदा २ बालक बेपत्ता, ४ घाइते
मकालु खबर
२०७७ भदौ ३ गते
काठमाडौं । बझाङको बुंगल नगरपालिका-५ मिडीमा पहिरोले घर बगाउँदा २ बालक बेपत्ता भएका छन् । लगातारको वर्षासँगै आएको पहिरोमा परी ४ जना घाइते भएको जिल्ला प्रहरीका कार्यालय बझाङले जनाएको छ ।
गए राति १स्१५ बजेतिर घरमाथिबाट आएको पहिरोले स्थानीय प्रताप ताम्राकारको घर बगाएको हो । पहिरोमा परेर प्रतापकी श्रीमती ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षीया छोरी सुनिता र १२ वर्षीया छोरी टिन्टी ताम्राकार र १६ वर्षीय छोरा अनिल ताम्राकार घाइते भयका छन । घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
१४ वर्षीय छोरा सचिन ताम्राकार र बुङ्गल नगरपालिका वडा नम्बर ४ तिर्थबगर बस्ने दमन ओखेडाका ५ वर्षीय सुदीप ओखेडा बेपत्ता भयका छन् । सुदीप केही दिनअघि आफ्नो फुपूको घरमा आएका थिए । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मकालु खबर
२०७७ भदौ ३ गते
प्रतिक्रिया
सम्बन्धित