अडियो काण्ड ढाकछोप गर्नेलाई कारबाही गर्ने विप्लव संबद्ध विद्यार्थी संगठनकाे चेतावनी
धरान । विप्लव सम्बद्ध माओवादी विद्यार्थी संगठनले जनता बहुमुखी क्याम्पस इटहरीका सह–प्राध्यापकहरु राजन भट्टराई र कृष्णकला राई बिचको फोन संवादको बिषयलाई ढाकछोप गर्ने खोजे कारबाही गर्ने चेतावनी दिएको छ ।
सह–प्राध्यापक जस्तो गरिमामय पदमा बस्ने व्यक्तिबाट सम्पुर्ण क्याम्पसको बेइज्जत गराउने गरि अश्लील शब्द प्रयोग भएको र त्यसलाई राजनैतिक आडमा लुकाउन खोजे जो कोहि लाई पनि कारबाही गर्ने संगठनले बताएको छ ।
गत साउन २९ गते सार्वजनिक भएको उक्त अडियोको बारेमा विद्यार्थी संगठनले सत्य तथ्य छानविनको माग गरेको हो । मङलबार विज्ञप्ति जारी गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले सम्बन्धित निकाय मौन रहेको कारण घटना ढाकछोप हुन लागेको बताएको छ ।
सुनसरी जिल्ला अध्यक्ष नतासा सुवेदीद्वारा जारी बिज्ञप्तीमा दुवै प्राचार्यको कारण कलेजको नाम खराब भएको र घटनाको दोषि पत्ता लगाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । घटनाले प्राध्यापक प्रति बिश्वासको बातावरण नरहेको विज्ञप्तिमा उल्लेख छ ।
यस बिषयलाई गम्भीर रुपमा नलिए क्याम्पस प्रमुख र व्यवस्थापन समिति अध्यक्ष सहितलाई कडा कारबाही गरिने सुवेदीले बताएकी छिन ।
सुबेदीले घटना गम्भीर भएको र यसले क्याम्पसको हित नगर्ने भन्दै उनले अझै ढाकछोप गरे ठुलो दुर्घटना निम्तन सक्ने चेतावनी समेत दिएकी छन ।
याे पनि हेर्नुहाेस
दारु खाएर धुत्त भएका प्राध्यापकद्वारा महिला पत्रकारमाथि अश्लिल दुर्व्यहार !