बैंकका कर्मचारीलाई प्रहरीले कार्यालय जान नदिए पछि सबै बैंक बन्द

काठमाडौं । बैंकका कर्मचारीलाई प्रहरीले कार्यालय जान नदिए पछि सबै बैंक बन्द हुने भएको छ । सहमति विपरित प्रहरीले बैंकका कर्मचारीलाई रोकेपछि बैंकर्स संघले उपत्यकाभित्रका सबै शाखा बन्द गर्न भनेको हो ।

आजबाट सुरु भएको निषेधाज्ञामा पनि अत्यावश्यकीय सेवाभित्र पर्ने बैंक तथा वित्तीय संस्था सीमित खोल्न दिने स्थानीय प्रशासन, राष्ट्र बैंक र बैंकहरुबीच सहमति भएको थियाे ।

सहमति विपरीत प्रहरीले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई बाटैमा रोकेका छन् । कतिपय बैंकका प्रमुख कार्यकारी अधिकृतहरु पनि बाटैमा रोकिएका छन् ।

बैंकर्स संघका अध्यक्ष भुवन दहालले अत्यावश्यक भएपनि सरकारले सहयोग नगरेपछि उपत्यकाका बैंकहरु खोल्न नसकिएको बताए ।

प्रहरी र राष्ट्र बैंकसँग कुराकानी भएपछि बैंकहरुले चार कुनामा पर्ने शाखाहरु सीमित संख्यामा खोल्ने निर्णय गरेका थिए। त्यो निर्णय अनुसार बैंकहरुले उपत्यकाभित्र ६ देखि ८ वटा शाखा खोल्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *