मन्त्रीद्वय थापा र भट्टसहित नेता रावल अछाममा
मकालु खबर
२०७७ भदौ ५ गते
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र पूर्वमन्त्री भीम रावलसहितको टोली बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनका लागि अछाम पुगेको छ ।
अछामको रामारोशन गाउँपालिका ५ कैलाश खोलामा आएको बाढी र पहिरोका कारण भएको भौतिक तथा मानवीय क्षतिको स्थलगत अनुगमनका लागि मन्त्रीहरुसहित नेताहरुको जम्भो टोली त्यहाँ पुगेको हो ।
कैलाश खोलामा आएको बाढीमा १२ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । बाढीले घर बगाउँदा कैयौँ परिवार घरबारबिहीन बनेका छन् ।
यसअघि वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा खाद्यान्न लगायत अत्यावश्यक वस्तु बुधबार बाढी प्रभावित क्षेत्रमा पठाइएको थियो ।
मकालु खबर
२०७७ भदौ ५ गते
प्रतिक्रिया
सम्बन्धित