बैंक म्यानेजरमा कोरोना संक्रमण पुष्टि
मकालु खबर
२०७७ भदौ ६ गते
चितवन । चितवनमा शनिबार कोरोना संक्रमण पुष्टि भएका मध्य एक जना बैंकको म्यानेजर रहेको खुलेको छ ।
पूर्वी चितवनको खैरहनी ८ पर्सा बजारमा रहेको बैंकका ३६ वर्षिय बैंक म्यानेजरलाई कोरोना पुष्टि भएको खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले बताए । खैरहनी नगरपालिका वडा नम्बर १२ निवासी म्यानेजर राप्ती नगरपालिका ८ खुरखुरेका एक संक्रमीत व्यवसायीसंग सम्पर्कमा आएको खुलेको छ ।
व्यवसायीलाई कोरोना पुष्टि भएपछि बैंक म्यानेजर चितवन मेडिकल कलेज गएर कोरोना परीक्षण गराएका थिए । उनमा आज कोरोना पुष्टि भएको हो । बैंक म्यानेजरमा कोरोना संक्रमण पुष्टि भए पछि खैरहनी नगरपालिकाले बैंकमा सेवा लिन गएका सेवाग्राहीहरुलाई सुरक्षित रहन आग्रह गरेको छ ।
म्यानेजरमा कोरोना संक्रमण देखिए पछि सो सेवा लिन गएकाहरुलाई सुरक्षित र सजगता अपनाउन नगरपालिकाले आग्रह गरेको हो ।
मकालु खबर
२०७७ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित