भेन्टिलेटर नपाउँदा एक वडाअध्यक्षको गयो ज्यान
मकालु खबर
२०७७ भदौ ६ गते
इटहरी । समयमै भेन्टिलेटर नपाउँदा कोशी गाउँपालिका–२ का वडा अध्यक्षको ज्यान गएको छ । हर्टअट्याक भएपछि भेन्टिलेटर खोज्दै अस्पताल पुर्याइएका ४५ वर्षीय हिरालाल यादवको ज्यान गएको हो।
गाउँपालिका अध्यक्ष अयुब अन्सारीले दिएको जानकारी अनुसार बिर्तामोड पुर्याइएका यादवको बीएण्ड सी अस्पतालमा ज्यान गएको हो।
उनका अनुसार यादवलाई दिउँसो घरमै बसेको समयमा हर्टअट्याक भएको थियो। कोरोना संक्रमणका कारण धरान र विराटनगरका अस्पतालमा भेन्टिलेटर नपाइएपछि उनलाई झापाको बीएण्ड सी अस्पताल पुर्याइएको थियो। तर त्यहाँ पनि उपाय नभएपछि अस्पतालबाट फर्काउने क्रममा यादवको मृत्यु भएको हो ।
मकालु खबर
२०७७ भदौ ६ गते
प्रतिक्रिया
सम्बन्धित