भारतीय स्वतन्त्रता नायक गान्धीको चस्मा ३ लाख ४० हजार डलरमा बिक्री भयो
लन्डन । भारतीय स्वतन्त्रता नायक महात्मा गान्धीको चस्मा ३ लाख ४० हजार अमेरिकी डलरमा बिक्री भएको छ । गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलर अर्थात दुई लाख ६० हजार पाउण्डस्टर्लिङमा बेलायतमा बिक्री भएको हो ।
लिलामसम्बन्धी काम गर्ने ‘इस्ट ब्रिस्टल अक्सन’ नामक फर्मले शुक्रबार चश्मा विक्री भएको जानकारी दिएका छन् । उक्त फर्मले इन्स्टाग्राममा भनेको छ,,“एक भद्र व्यक्तिले आफ्नो काकालाई गान्धी आफैले उक्त चश्मा दिएको भन्दै लिलामका लागि हामीलाई चार हप्ता पहिले उपलब्ध भएको थियो ।” फर्मले एउटा अविश्वसनीय वस्तुको लागि असाधारण परिणाम लिलाम प्रक्रियामा सहभागी सबैलाई धन्यवाद दिएको छ ।
https://www.instagram.com/p/CEKTZfgnCwt/?utm_source=ig_embed
गान्धीले पुरानो वा अनावश्यक सामान (चश्मा) खाँचोआवश्यक हुनेहरूका लागि वा आफूलाई सहयोग पु¥याउने व्यक्तिलाई दिने गरेको बताइएको छ । सन् १९२० वा ३० को दशकमा दक्षिण अफ्रिकामा बेलायती पेट्रोलियम पदार्थको कारोबार गरिरहेको समय अहिंसावादी गान्धीले विक्रेताका काकालाई चश्मा दिएको ती लिलामकर्ता व्यक्तिले फर्मलाई बताएका छन् ।
बिक्री मूल्य १५ हजार पाउण्डस्र्टलिङ वरिपरी हुने अनुमान गरिएको थियो तर चश्माको मूल्य अपेक्षाभन्दा निकै गुणा बढी अर्थात् दुई लाख ६० हजार पाउण्डस्टर्लिङ परेको छ । ऐजेन्सी