धरानमा आकासियो तरकारीको भाउ, व्यापारीद्वारा ब्रम्हलुट !
धरान । सुनसरीको धरान-१३ स्थित रहेको कृषि उपज बजार स्थलका थोक व्यापारी तथा लकडाउनमा पनि लुकिचोरी व्यापार गर्ने व्यापारीहरुले तरकारमा ब्रम्हलुट गरिरहेको पाइएको छ ।
आफुहरुले महँगो मूल्यमा खरिद गरेको दाबी गर्दै थोक टमाटर व्यवसायीहरूले व्यापक ब्रम्हलुट गरिरहेको स्थानीय ग्राहकहरुको गुनासो छ । सुनसरीको धरानमा हाल धनकुटा-९ बेलहारा र धनकुटा-१० पात्ले खोला क्षेत्रबाट टमाटर ल्याउने गरिएको छ । जहाँ प्रतिकेजी ८० रुपैयामा टमाटर बिक्री भइरहेको छ । अझ किसानको खेतबाटै टमाटर किनेर ल्याउनेहरुले त ६५ देखि ७० रुपैया प्रतिकेजीमा नै पाउने गरेको छ ।तर, सोही टमाटर धरानको बजारमा किन्ने हो भने सर्बसाधारणले ११० रुपैयमा भन्दा एक रुपैया कममा पनि पाईएको छैन । पात्लेखोला क्षेत्रमा भने स्थानीय व्यापारीले ३० देखि ३५ रुपैयामा नै प्रतिकेजीमा खरिद गरिरहेको पनि त्यहाँका किसानहरुले बताएको अनुगमनको क्रममा शनिबार मात्रै त्यहाँ पुगेका धरान उपमहानगरपालिका अनुगमन समितिका अनुगमन अधिकृत वेदप्रकाश सापकोटाको भनाई छ ।टमाटर महंगो भयो भनेर अनुगमनका लागी किसानकै घरमा नै पुगेको भन्दै उनले धरानमा ११० रुपैयामा बिक्रि भइरहेको टमाटर किसानले प्रतिकेजी ३० देखी ३५ रुपैयाँमा मात्रै बेचेको पाइएको बताए । धरानका व्यापारीहरु प्रतिकेजी ३० देखी ४० रुपैयाँ मुनाफा लिइरहेका पाइएको छ । धनकुटा-९ बेलहारा स्थित जलपादेवी कृषि सहकारीका व्यवस्थापक सचिव टङ्क रोइलाले बिहीबार र शुक्रबार प्रतिकेजी ८० रुपैयाँमा बिक्री भएको टमाटर धरान पुग्दा धेरैमा ९५ रुपैयासम्म हुनुपर्ने हो, त्यहा चाहिँ कसरी यस्तो भयो ?’ भन्दै प्रश्न गरे ।
राईलाले उत्पदान कम भएकाले विगत वर्षहरूभन्दा केही महँगो भए पनि थोक मूल्यमा त्यो रूपमा हुनु गलत भएको बताए । उनका अनुसार बेलहारा क्षेत्रबाट मात्रै दैनिक ५० क्वीण्टल टमाटर बिक्री हुने गरेको पनि पाईएको छ । त्यस्तै धनकुटा–१० स्थित पात्लेखोला कृषि सहकारीका सचिवसमेत रहेका किसान अमरबहादुर दाहालले आफूले हिजो आज पात्लेखोला क्षेत्रका किसानबाट स्थानीय व्यापारीले ३०-३५ रुपैयाँ प्रतिकेजी मै टमाटर बिक्री भइरहेको बताएका छन् ।दाहालले पात्लेखोला क्षेत्रमा पनि दैनिक ५ क्वीण्टल तरकारी बिक्री हुदै आएको छ । उनले बजारमा पुग्दा ७० रुपैयाँ प्रतिकेजीमा बिक्री हुनु पर्ने हो तर धरान पुग्दा कसरी ११० रुपैया किलो भयो म हाफै अच्चममा परेको बताए ।
यता धरान कृषिउपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले यो हाल सम्मकै उच्च मूल्य रहेको बताएका छन् । उनले ‘दुई वर्षअघि बाढीपहिरो आएका बेला थोकमा ८० रुपैयाँ प्रतिकेजीसम्म पुगेको पनि स्मरण गरे ।
धरान उपमहानगरपालिकाका अनुगमन समितीले महँगो मूल्यमा थोकमै बिक्री हुन थालेपछिको गुनासो आउन थालेपछि अनुगमन अधिकृत वेदप्रकाश सापकोटा सहितको टोलीले शनिबार बिहान चार बजे नै गएर निरीक्षण गर्दा १ सय १० रुपैयाँ प्रतिकेजी थोकमै बिक्री भएको पाईएको थियो ।
धरान उपमहानगरपालिकामै पहिला जाच गरेको अनुगमन समितिले जाच गरेपछि ‘१ सय १० रुपैयाँ’ मै बेच्नुपर्ने भएमा बेच्न छाड्नका लागि व्यापारीलाई निर्देशन दिदै धनकुटामा किसानलाई सोध्दा त्यस्तो नभएको पाईएपछि १ सय १० मै बेच्नुपर्छ भने नबेच्नुस् भनेर आफुले निर्दैश गरेको सापकोटाले बताएका छन् ।सापकोटाले पनि धनकुटाका किसान लगायत त्यहाका व्यापारीहरूलाई बुझ्दा किसानबाट ६५ देखि ७० रुपैयामा नै टमाटर किन्ने गरेको छ भने व्यापारीहरूबाट ८० रुपैयाँ प्रतिकेजी उठाउने गरेको बुझिएको बताए । तर, यता धरान सम्म आइपुग्दा बिचौलियाका कारण महँगो मूल्यमा बिक्री भइरहेको पाइएपछि तत्कालका लागि बिक्री वितरण गर्न रोक्न निर्देशन गरेको उनले बताए ।
धरानमा तरकारीमा बह्मलुट भएको गुनासो धरान उपमहानगरका नगर प्रमुख तिलक राई समक्ष गएपछि राईले महँगो मूल्यमा बिक्री गरिरहेको हो भने जफत गर्न भनेर बजार अनुगमन अधिकृतलाई निर्देशन समेत दिएको बताएका छन् ।
अनुगमन टोली किसानको घरमै पुग्यो
यसैबीच कोभिड १९ संक्रमण्को कारण लकडाउनले गर्दा आम मानिसहरुले रोजगारी गुमाएका छन्, जसले गर्दा उनीहरुको आम्दानी पनि छैन । यस्तो बेला सरकारले जनतालाई राहत दिनुपर्ने हो । तर, संघीय सरकारले पहिलो पटक लकडाउन गर्दा राहत पाए पनि अहिले स्थानीय तहहरु आफैले लकडाउन गर्दा भने राहत वितरण गरेका छैनन् ।
धरानमा अहिले दोस्रो पटकको लकडाउनमा निम्न आर्थिक अवस्थाका सर्वसाधारणहरु आम्दानी गुमाएर समस्या भइरहेको बेला धरानमा भने तरकारीको भाउ अचाक्ली बढेको छ भने यसले सर्वसाधारण उपभोक्ता एवं जनताहरु झन् मारमा परेका छन् । त्यसमा पनि अझ जो दैनिक ज्यालादारीमा काम गरेर खाने गरको छन त्यस्तालाई सबैभन्दा बढी समस्या भएको छ ।
लकडाउनमा राहत पाउनुपर्ने उपभोक्ताहरुले टमाटर अत्यधिक महंगोमा किन्नु परेपछि धरान उपमहानगरपालिकाका अनुगमन समितिले प्रहरी, प्रशासनसहित शनिबार बिहान कृषि बजारमा आकस्मिक बैठक बसेको थियो भने सोही बैठकले टमाटरको भाउ आकासिनुको कारणबारे यथार्थ बुझ्न वडा नं १३ को अध्यक्ष नेत्र काफलेको नेतृत्वमा एक टोली स्थलगत रुपमा पठाउने निर्णय गर्दै अनुगमनमा निस्केका थिए ।धरानकी उपमेयर एवं अनुगमन समितिकी संयोजक मञ्जु भण्डारी सुवेदीको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेपछि वडाअध्यक्षको नेतृत्वमा एक टोली धनकुटाको विभिन्न स्थानमा स्थलगत अनुगमनको लागि गएको थियो । टोलीमा अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, कृषि बजारका व्यवस्थापक भट्टराई, कृषि बजारका पुर्वअध्यक्ष काजी गिरी लगायतका ब्यत्तिलवहरुको सभागीता रहेका थियो ।
सो टोलीले धनकुटाको गुठीटार, तमोर मुलघाट, रुद्रबारी, पात्लेखोला र हिलेसम्म पुगेर त्यहाका किसान, स्थानीय व्यापारीले पाउने भाउ बारे बुझेको छन् । यो टोलीले आफनो स्थलगत अध्ययन प्रतिवेदन आज आइतबार बुझाउने अनुगमन अधिकृत सापकोटाले बताएका छन् ।
‘टमाटरको भाउ असाध्यै महंगो भएपछि उपमहानगरपालिकाले नै चासो दिएर यथार्थ बुझ्न टोली पठाएको थियो भने स्थलगत रुपमा उत्पादन गर्ने किसान, स्थानीय व्यापारीहरुले के कति मुल्य पाउने रहेछन् वास्तबिक बुझेको र आज धरान उपमहानगरपालिका अनुगमन समितिलाई प्रतिवेदन बुझाउने अनुगमन अधिकृत सापकोटाले बताए ।