भीडभाडमै तरकारी बिक्रि: रमिते नगर प्रहरी, छैन सामाजिक दूरी !
धरान । धरानमा लामो समयदेखि लकडाउन छ । दिनप्रतिदिन संक्रमितको मृत्यु हुनुका साथै देशैभरीमा सुनसरी संक्रमित जिल्लाहरुमध्ये अग्र स्थानमा छ ।
तर यी सबै हुँदाहुँदै पनि स्थानीय सरकाले बिहानको समयमा थोरै समय भएपनि तरकारी लगायतका खाद्यन्य बस्तुहरु बेच्न छुट दिएको छ । सोही छुटको फाईदा उठाउँदै धरानस्थित भानुचोकमा बिहान ६ बजेदेखि ८ बजेसम्म व्यापार गर्नेहरुको घुईचो नै लाग्ने गरेको छ । धरानस्थित सब्जीमण्डी र पालिकामा तरकारी बजारमा बिक्रीका लागि प्रतिबन्ध लगाएपछि भानुचोक घण्टाघर उत्तरपट्टि सडक पेटीमा नै तरकारी बेच्न थालिएको हो ।
त्यहाँ अहिले हरेकदिन धरान उपमहानगरपालिकाको प्रहरीकै निगरानीमा व्यापारी तथा सर्वसाधारणहरुले घुईचो नै लगाएर तरकारी किनबेच गर्ने गरेका छन् । उनीहरुलाई नत कुनै संक्रमित हुने डर छ नत कुनै कुराको प्रवाह नै । छ, त केवल व्यापार गर्ने र अन्यले लकडाउनमा जोहोका लागी समान किन्नेको मात्र ।त्यहाँ अधिकांश सब्जीमण्डीकै व्यापारी छन् । उनीहरूले नै सो ठाउँमा तरकारी बजार लगाएका हुन् । एक दुईवटा तरकारी पसल हुँदै अहिले त्यहाँ धेरै तरकारी बेच्ने व्यापारी पुगिसकेका छन् । उनीहरु बिहान ५ बज्ने बित्तिकै पसल थाप्न जाने गरेको एक व्यापारीले बताए ।
अहिले नगरपालिकाले बिहान ४ बजेदेखी ८ बजेसम्म केही छुट दिएको छ त्यही मौकमा व्यापार गरेका हौं हामीले व्यापार गरेनौं भने कसरी खाने र व्यापारमा लगाएको लगानी कसरी उठाउने ? एक व्यापारीले प्रश्न गरे । तीनै व्यापारीलाई मकालु खबरले त्यहाँ सामाजिक दुरी कायम किन नगरेको भनेर सोध्दा– ‘मास्क त लगाएकै छौं नी ? बजार नै थापेपछि कसरी भौतिक दूरी कायम हुन्छ भन्दै उल्टै प्रश्न गरे ।’
यता सरकारले हरेक मानिसमा भौतिक दूरी कायम गरी कोरोना जस्तो महामारीसंग बच्न सक्ने बताउँदै भौतिक दूरी नै कोरानाको मुख्य औषधी समेत भन्दै आएको छ तर, पनि धरानमा दैनिक सर्वसाधारणदेखि व्यावसायीसम्मले हेलचेक्रयाइँ गरिरहेकै छन् । धरानमा नागरिकको लापरवाहीले पनि कोरोनाको जोखिम बढाउने र महामारीको चपेटा लिदैन भन्ने कुरा भन्न नसकिने स्थानीयहरुको भनाई छ ।यसैबीच कोरोना संक्रमण बढ्दै गएपछि धरान उपमहानगरपालिकाले लकडाउन गरेपनि लुकीछिपी धरानको वडा नं २०, विष्णुपादुका क्षेत्रतिर घुमफिर र रमाईलो गर्न जानेहरु बढ्न थालेका छन् । बिष्णुपादुकामा पनि अनाबश्यक भिडभाड हुन थालेको र घुमफिर गर्नेहरुबाट वडामा समेत संक्रमण फैलिनसक्ने जोखिम बढेपछि अनावश्यक मानिसहरुलाई प्रवेश गर्न नदिन तथा वडाबासीहरु जागरुक गराउने उदेश्यले स्थानीयले स्वयमसेवक युवाहरु परिचालन गरेका छन् ।
आईतबार धरानका मेयर तिलक राईको बिशेष उपस्थितिमा भएको वडाबासीहरुको भेलाले बजार क्षेत्रबाट मानिसहरु आउन नदिनलाई स्वयमसेवक युवाहरु परिचालन गर्ने निर्णय गरेको धरान उपमहानगरपालिका वडा नं २० का बडा अध्यक्ष तथा धरानका प्रबत्ता समेत रहनुभएका मणिराम राईले जानकारी दिए । राईका अनुसार बजारमा कलडाउन कडाई हुदा मानिसहरुको चहलपहल व्यापकरुपमा विष्णुपादुका क्षेत्रमा बढेको छ ।
यसले वडा २० पनि संक्रमणको उच्च जोखिममा पुगेको महशुस गरेर युवा स्वयमसेवकहरु परिचालन गर्ने निर्णय गर्नुपरेको हो । यसको लागि प्रहरी प्रशासनसँग पनि आवश्यक समन्वय गरिएको राईका भनाई छ ।