नेपाल पक्षको प्रतिक्रिया : ‘कार्यदलको प्रतिवेदनप्रति गुनासो छैन’
काठमाडौं । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले कार्यदलको प्रतिवेदनप्रति कुनै गुनासो नभएको बताएको छ ।
कार्यदलले विवाद समाधान हुनेगरी प्रतिवेदन ल्याएकाले आफूहरुको कुनै चित्त दुखाई नरहेको सो पक्षका नेताहरुले बताएका हुन् ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको हित हुने गरी प्रतिवेदन आएको र माधव नेपाल पक्षलाई बेवास्ता गरिएको विश्लेषण भइरहेको बेलामा नेपाल पक्षले यस्तो बताएको हो ।
नेपालनिकट मानिने नेतृ अष्टलक्ष्मी शाक्यले भनिन् “हामीले कुनै पद प्रतिष्ठाका लागि प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका थिएनौं । पार्टीलाई एउटा विधि र पद्धतिमा लग्नलाई संघर्ष गरेका थियौं । पार्टी एकताबद्ध हुँदै विधिमा चल्छ भने हाम्रो गुनासो छैन ।”
यसैगरी नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसालले पनि कार्यदलले आफ्नो प्रतिवेदन बुझाए पनि सचिवालय र स्थायी कमिटीमा विस्तृत छलफल भएपछि मात्रै धेरै विषय खुल्दै जाने बताए ।