यी भाग्यशाली १० देश जहाँ अहिलेसम्म कोभिड १९ पुग्न सकेन

काठमाडौं । विश्वभर कोरोना भाइरस महामारीले आक्रान्त पारिरहेको बेला १० मुलूकहरुमा भने हालसम्म कोरोना भाइसरले छुन सकेको छैन । चीनको वुहानबाट फेलिएको कोरोना भाइरसको प्रकोप विश्वका प्रायः सबै मुलुकमा पुगिसेको छ ।

विश्वका २ करोड ३६ लाख बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि ८ लाख नाघिसेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

तर विश्वभर नै कोरोना संक्रमणको प्रकोपले त्रसित बनाइरहँदा १० देशमा भने अझै कुनै पनि आधिकारिक रिपोर्ट आएको छैन ।

यि हुन् कोरोना भाइरसको संक्रमण नदेखिएका १० देश :

१) पालाउ
२) माइक्रोनेसिया
३) मार्शल आइल्यान्ड
४) नाउरु
५) किरिबाटी
६) सोलोमन आइल्यान्ड
७) टुभालु
८) सामोआ
९) भानुआटु
१०) टोङ्गामा

कोरोनाको संक्रमण नदेखिएका यि देशहरुमा पनि अर्थतन्त्रमा भने निकै प्रभाव देखिन थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्।

विशेषगरी त्यहाँको मुख्य आयस्रोत नै पर्यटनहो। तर, कोरोना भाइरसको महामारीका कारण विदेशी पर्यटक नआउँदा सबैजसो देशको पर्यटन व्यवसाय पाँच महिनादेखि पूर्णरूपमा बन्द छन्। जसले गर्दा त्यहाँको अर्थतन्त्रमा असर परेको छ ।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *