चितवनमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको १५ सहित थप १७ जनामा कोरोना देखिएको हो ।

प्रयोगशालाले सोमबार राति सार्वजनिक गरेको सूचनाअनुसार चितवनका १५ जना, मकवानपुरका १ जना र गैंडाकोटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै ९ जना रहेका छन् । जसमध्ये २ जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरु मध्ये एक जना पुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर-३ का ५१ वर्षीय पुरुष छन् ।

यस्तै अन्य ६ जना पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट स्वाब दिएका थिए । पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक हस्पिटलबाट स्वाब दिएका रत्ननगर-५ र १० का ३६ वर्षीय पुरुष र २८ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । यसैगरि राप्ती नगरपालिका-२ र ८ का ५८ र ४३ वर्षीय दुई पुरुष, २५ र ५१ वर्षीया दुई महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

उनीहरु राप्तीको क्वारेन्टिनमा रहेका छन् । सोमबार कुल ४०५ वटा नमुनाको परीक्षण गरिएको प्रयोगशाला प्रमुख डाक्टर नितु अधिकारीले बताइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *