चितवनमा थपिए २१ जना कोरोना संक्रमित
चितवन । चितवनमा मंगलबार थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा सोमबार राति गरिएको परीक्षणमा चितवनका २१ जनामा कोरोना पुष्टि भएको हो ।
चितवनका संक्रमितमध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका १७ जना रहेका छन् । जसमध्ये वडा नं.१ का २ जना, वडा नं.२ का २ जना, वडा नं.३ का २ जना, वडा नं.७ का २ जना, वडा नं.१० का ४ जना, वडा नंं. ११ का २ जना, वडा नंं.१२, २६ र २९ का एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै रत्ननगर नगरपालिका १० र १५ का एकरएक जना, राप्ती–८ का एक जना खैरहनी–६ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी संक्रमण पुष्टि हुनेमा मकवानपुर हेटौंडा–१९ का एक जना, पूर्वी नवलपरासी गैंडाकोट–१ का एक जना, कावासोती–१३ का एक जना र विजन त्रिवेणीका एक जना गरी तीन जना, रोल्पा रुन्ती–५ का ३ जना, गोरखा जिल्लाको गोरखा नगरपालिका–१० र १३ का २ जना, पर्सा पोखरीया–९ का एक जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबार राति कुल १२५ नमुना परीक्षण गरिएको थियो ।