कोरोना कहरः काठमाडौंका ३ सहित देशभर ७ जनाको मृत्यु
मकालु खबर
२०७७ भदौ ९ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप ७ जनाको ज्यान गएको छ ।
काठमाडौंकी ७१ वर्षीय महिला, ७४ र ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै सिरहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६ वर्षीय र रुपन्देहीका ५३ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।
मकालु खबर
२०७७ भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित