काठमाडौंमा भोलि बिहान ११ देखि साँझ ५ बजेसम्म बत्ती जाने स्थान यी हुन

काठमाडौं । भोलि काठमाण्डौ उपत्यकाका विभिन्न ६ ठाउँमा बत्ती जाने भएको छ । बुधबार बिहान ११ बजेदेखि साँझ ५ सम्म बत्ती जाने जाने भएको हो । काठमाडौंको कुलेश्वर वितरण केन्द्र अन्तर्गत रुखको हाँगाबिगा कटान कार्य, लाइन मर्मत कार्य र केवल हेड मर्मत कामको लागि त्यस क्षेत्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने विद्यु्त् प्राधिकरणले जनाएको छ ।

बुधबार बाफल पुल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्स, टौखेल, सीतापाइला, त्रिशक्ति केवल, ज्योति एकेडमी, शुभेच्छा हस्पिटल, शरणपुर, रानीपाटी, छकडोल, सीता होम्स, थापा चोक, आदेश्वर मन्दिर, इचङ्गुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी, फस्कु, सीताराम स्कुल, सुर्ति कारखाना, रामकोट , भीमढुङ्गा , नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रेदेउरालीलगायातका स्थानमा बत्ती जाने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *