बाँकेका ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका-१ निवासी ३७ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठका अनुसार ती पुरुषको भेन्टिलेटरमा उपचारको क्रममा गएराति साढे १ बजे मृत्यु भएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *