मेरो ‘फेक अकाउन्ट’ खोलेर गलत समाचार सम्प्रेषण गरियो : कुलमान घिसिङ
काठमाडौं । मंगलबार साँझ सामाजिक सञ्जालमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ति गरेको समाचारले प्राथमिकता पायो र, घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो ।
कार्यकारी निर्देशक घिसिङको कार्यकाल सकिने समय नजिकिदै गर्दा सरकारले पुनः नियुक्त गर्ने निर्णय गरेको भन्दै सञ्चारमाध्यमहरु र सामाजिक सञ्जालहरु रंगिए । अन्ततः त्यो समाचार झुटो सावित भयो ।
यहिबीच कार्यकारी निर्देशक घिसिङले आफ्नो ‘फेक अकाउन्ट’ खोलेर गलत समाचार सम्प्रेषण गरिएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गलत सूचना सम्प्रेषण भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका हुन् ।
https://www.facebook.com/permalink.php?story_fbid=1419650061561690&id=100005501296952
‘आफूले एउटा मात्रै सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको र त्यसबाहेक अन्य आधिकारिक अकाउन्ट नभएको’ घिसिङले उल्लेख गरे । ‘मेरो फेक अकाउन्ट खोली विभिन्न समाचारहरु सम्प्रेषण भएकाले मेरो योबाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउदछु, ‘उनले भनेका छन् ।