कुकुरको टोकाइबाट बालकको मृत्यु
मकालु खबर
२०७७ भदौ १० गते
चितवन । चितवनको खैरहनीमा रेबिज लागेको कुकुरको टोकाइबाट एक बालकको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका ४ का लोपा कान्छाका सात वर्षीय कान्छा छोराको मंगलबार (हिजो) मृत्यु भएको हो ।
ती बालकलाई गत असारमा कुकुरले टोकेको थियो । रेबिजविरुद्धको भ्याक्सिन लगाएको झन्डै २ महिनापछि हिजो मृत्यु भएको हो ।
बालकलाई टोकेपछि गाईभैंसीलाई टोक्न गएको र कुकुरलाई त्यहीँ मारिएको थियो । बालकलाई उपचारका लागि काठमाडौं लगिएको थियो ।
उनको काठमाडौंमै मृत्यु भएको खैरहनी ४ का वडाध्यक्ष देव बहादुर बस्नेतले जानकारी दिए ।
मकालु खबर
२०७७ भदौ १० गते
प्रतिक्रिया
सम्बन्धित