चितवनबाट भागेका कोरोना संक्रमित नुवाकोटमा भेटिए

चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका एक जना कोरोना संक्रमित नुवाकोटमा भेटिएका छन् ।

उनलाई बुधबार (आज) बिहान ११ बजे नुवाकोटमा फेला परिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

बेलकोटगढी गाँउपालिका वडा नं. ५ मा रहेको प्रहरी चेकपोष्टमा चेकजाँचका क्रममा उनलाई फेला पार्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले बताए ।

उनी साइलकमा चितवनबाट त्यहाँ पुगेको प्रहरीले जनाएको छ । नुवाकोटको सदरमुकाम विदुरको आइसोलेसनमा राख्नका लागि भइरहेको थापाले बताए ।

भरतपुर महानगरपालिका–१२ बस्दै आएका १९ वर्षीय ती पुरुष चोरीको आरोपमा पक्राउ परेका थिए । उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि यही भदौं ६ गते उनको श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *