प्रदेश १ मा पत्रकारसहित थप १०८ जनामा कोरोना पुष्टि
धरान । प्रदेश नम्बर १ मा १०८ कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १-१ तथा प्रदेश बाहिरका ६ गरी १०८ जना संक्रमित थपिएका हुन् ।
सामाजिक विकास मन्त्रालयले दिएको जजानकारी अनुसार विराटनगरमा ४३ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । बुढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएकोे हो ।
सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहवीमा २ पुरुष, धरानमा १ महिला, झापाको दमकमा ६ महिला ९ पुरुष, र गौरीगञ्जकी १ महिलामा सङ्क्रमण देखिएको छ ।
उता तेह्रथुमको म्याङलुङमा ४ महिला ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९४० पुगेको छ ।
प्रदेश १ मा पछिल्लो पटक ८१ जना डिस्चार्ज भएसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १ हजार ३८५ पुगेको छ । प्रदेश १ मा बुधबार १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार आज सम्म ८२ हजार १०२ पुगेको छ ।
उता सुनसरीको दुहवी नगरपालिकामा एक पत्रकारसहित थप ११ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा क्राइम अपरेसनका लागि सुनसरीका संवाददाता ३० वर्षीय चन्दन रौनियार रहेका छन् । संक्रमित पत्रकार रौनियार प्रतिक्षण दैनिक तथा जनशताब्दी दैनिकमा समेत आबद्ध छन् ।
संक्रमित भएसंगै उनले आफूलाई सार्वजनिक समेत गरेका छन् । भदौ ७ गते स्वाब संकलन गरिएकोमा गएराती रिपोर्ट पोजिटिभ आएको उनले बताए । कोरोना संक्रमणका बीच समेत रिपोर्टिङमा हिडिरहेकोले गर्दा आफनो स्वास्थ्य सुरक्षाको लागि स्वाब जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले बताए । हाल आफूमा कुनै पनि लक्ष्ण नदेखिएको र स्वास्थ सामान्य रहेको भनाई छ ।
त्यस्तै दुहवी नगरपालिका वडा नं. १ का १ पुरुष ४२ वर्षीय, वडा नं. ४ का ३ पुरुष २४, २६, ४१ वर्षीय र २ महिला १८, ३८ वर्षीया, वडा नं. ५ का १ पुरुष २० वर्षीय, वडा नं. ६ का १ पुरुष ३० वर्षीय र २ महिला १४, ४० वर्षीया रहेको छ ।
त्यसै दुहवी सशस्त्र प्रहरी गणका १ जना ३० वर्षीय रहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले बताइन् । हाल उनीहरुको स्वस्थ्य अवस्था समान्य रहेको भगतले जानकारी दिइन् ।