पोखरामा कोरोनाबाट ३२ वर्षीया महिलाको मृत्यु
मकालु खबर
२०७७ भदौ ११ गते
काठमाडौं । पोखरामा कोरोना संक्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले दिएको जानकारी अनुसार पोखरा महानगरको वडा नम्बर ११ निवासी ३२ वर्षीष महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
भदौ ७ गते कोरोना पोजेटिभ भएपछि प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा आइसीयुमा उपचारत ती महिलाको आज बिहान ८ बजे मृत्यु भयो । योसँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।
मकालु खबर
२०७७ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित