अफगानिस्तानमा बाढीको वितण्डा : एकै दिन एकसय बढीको मृत्यु, १५० घाइते
मकालु खबर
२०७७ भदौ ११ गते
काबुल । अफगानिस्तानमा बाढीका कारण एकै दिनमा १ सय १० जनाको मृत्यु भएको छ भने १ सय ५० जना घाइते भएका छन् ।
त्यहाँका स्थानीय मिडियाका अनुसार देशका विभिन्न प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएको र कय्यौं विस्थापित भएका छन् । उद्धारकर्ताहरू समेत प्रभावित स्थानमा जान नसकेको र केही बेपत्ता भएकाले मृतकको सङ्ख्या केही घण्टामा थप बढ् नसक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।
देशको पार्वान प्रान्त, चरिकार, कापिसा प्रान्त लगायत क्षेत्र बाढीका कारण बढी प्रभावित बनेका छन् । पार्वानमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने १ सय १० जना घाइते भएका छन् । बाढीबाट महिला र बालबालिका पनि बढी प्रभावित भएका छन् । एजेन्सी
मकालु खबर
२०७७ भदौ ११ गते
प्रतिक्रिया
सम्बन्धित