हेटौंडाकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु
मकालु खबर
२०७७ भदौ १२ गते
चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-१९ की ७१ वर्षीया महिलाको आज विहान ६ः५० बजे मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार निमोनिया र दमको बिरामी ती महिलालाई भदौं ७ गते विहान ९ः३० बजेको समयमा श्वासप्रश्वासको समस्या भइ जटिल अवस्थामा चितवन मेडिकल कलेज ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो ।
उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सो अस्पतालमा अहिले पनि ४० जना संक्रमितको उपचार भइरहेकोमा २० जना संक्रमितको गम्भिर अवस्थामा आइसीयू कक्षमा उपचार भइरहेको छ ।
मकालु खबर
२०७७ भदौ १२ गते
प्रतिक्रिया
सम्बन्धित