इ–कमर्सका कर्मचारी र सञ्चालक छुटे

काठमाडौं । होम डेलिभरी गर्न कर्मचारी तथा सञ्चालकहरू छुटेका छन् । निषेधाज्ञाको उल्लंघन गरेको भन्दै पक्राउ परेका ८० जना कर्मचारी तथा सञ्चालकलाई महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति नै छोडेको हो ।

उनीहरूलाई निषेधाज्ञा अवधिभर होम डेलिभरी नगर्ने सर्तमा कागज गरी छोडिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अतिआवश्यक बाहेक अन्य पसलहरू खोल्न तथा अनावश्यक हिँडडुल गर्न निषेध गरेको छ । निषेधाज्ञाको अवधिमा रेस्टुरेन्ट, होटल लगायत पनि खोल्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *