बिरामी भएपछि पदावधि नसकिँदै राजीनामा दिँदै जापानी प्रधानमन्त्री आबे

एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन् ।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो बिरामका कारण पदावधि सकिनअघि नै राजीनामा दिने घोषणा गरेका हुन् ।

“आफ्नो स्वास्थ्यका कारण सरकारको काममा असर नपरोस् भनेर उहाँले राजीनामा दिने निर्णय गर्नुभएको हो ।” उनीनिकट स्रोतले भनेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *