वीपी प्रतिष्ठानको मेडिसिन विभागले निःशुल्क टेलिफोन सेवा दिने
धरान । प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीहरु नै कोरोना संक्रमणको उच्च जोखिममा परेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडी सेवा बन्द गरेको थियो ।
यसबाट कोरोना संक्रमण वाहेक अन्य विरामीले सास्ती पाएको खण्डमा प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागले निःशुल्क टेलिफोन स्वास्थ्य परामर्श सेवा (टेलिफोन ओपिडी) उपलब्ध गराउने भएको छ ।
प्रतिष्ठानको इन्टरनल मेडिसिन विभागले सुचना जारी गरी टेलिफोन स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने जानकारी गराएको हो । भदौ १४ गतेदेखि विभागका चिकित्सकहरुले विरामीलाई टेलिफोनबाटै स्वास्थ्य परामर्श दिने भनिएको छ ।
बिहान १० बजेदेखि १ बजेसम्म उक्त सेवा उपलब्ध गराउने प्रतिष्ठानका मेडिसिन विभाग प्रमुख प्रा.डा.सञ्जिव कुमार शर्माले बताएका छन् । यसका लागि प्रतिष्ठानले निःशुल्क टेलिफोन परामर्श सेवा उपलब्ध गराउने दिनको तालिका सार्वजनिक गरेको छ ।
- यी चिकित्सकलाई टेलिफाेन गरेर परामर्श लिन सकिने छ ।
डा. संजिब कुमार शर्माः ९८०२७९५२६२
डा. रबिन मास्केः ९८४३९९७१७३
डा. साेनिया दुलालः ९८०८०३३५१८
डा. भुपेन्द्र शाहः ९८४३९९७१७८
डा. डा. राेशन क्षेत्रीः ९८२४३८३५६०
डा. प्रशान्तमणी त्रिपाठीः ९८४३९९७१७४
डा. अगराज उप्रेतीः ९८५२०२७२६३
तालिका अनुसार सोमबार र बिहिबार प्रा.डा.सञ्जिकुमार शर्माले टेलिफोन परामर्श दिनेछन् । यता सोमबार र बुधबार रविन मास्केको सेवा उपलब्ध हुनेछ । बुधबार र शुक्रबार डा.सोनिया दुलाल, आइतबार र बिहिबार डा.भुपेन्द्र साहले परामर्श दिने भनिएको छ ।
यस्तै सोमबार र बिहिबार डा. रोशन क्षेत्री, मंगलबार र शुक्रबार डा.प्रशान्तमणी त्रिपाठी र डा.अगराज उप्रेतीको टेलिफोन ओपिडी सेवा हुनेछ । विरामीहरुले उल्लेखित चिकित्सकहरुलाई मोवाइलमा सम्पर्क गरी परामर्श लिन सक्ने जनाइएको छ ।
प्रतिष्ठानले पछिल्लो समय कोरोना संक्रमणको जोखिम कम गर्न आफ्ना सेवाहरुलाई परिमार्जित गराउँदै लगेको छ ।