भारतमा २४ घन्टामा ७६ हजार बढि संक्रमित थपिँदा कति जना निको भए ?
काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण बढ्दोदरमा छ । आज शनिबार बिहानसम्ममा ३४ लाख ६१ हजार २ सय ४० जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । भने, भारतमा ६२ हजार बढिले ज्यान गुमाएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो चौबिस घण्टामा ७६ हजार ६ सय ६५ जना कोरोना संक्रमित थपिएका छन् ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ हजार ६ सय १३ पुगेको छ । पछिल्लो चौबिस घण्टामै भारतमा एक हजार १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म भारतमा ७ लाख ९८ हजार ४ सय ६६ जना कोरोनामुक्त भइसकेका छन् । साथै कोरोना सक्रिय भएका व्यक्तिको संख्या १ लाख ६५ हजार २५ जना रहेको छ ।
भारत कोरोना संक्रमितको सूचिमा तेस्रो स्थानमा छ । सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा ६० लाख ९४ हजार ८ सय ७४ संक्रमित भएका छन् ।
अमेरिकामा १ लाख ८५ हजार ८ सय ८४ जनाको मृत्यु हुँदा ३३ लाख ७१ हजार ८ सय ६१ जना कोरोनामुक्त भइसकेका छन् ।
दोश्रो स्थानमा रहेको ब्राजिलमा ३८ लाख १२ हजार ६ सय ५ जनालाई कोरोना संक्रमण भएको छ । ब्राजिलमा १ लाख १९ हजार ५ सय ९४ को मृत्यु भएको छ । र, २९ लाख ७६ हजार ७ सय ९६ जना संक्रमित कोरोनामुक्त भइसकेका छन् ।
कोरोना भाइरसको उद्गम स्थल चीनमा भने संक्रमण नियन्त्रणमा आइसकेको छ ।