बूढानीलकण्ठमा १३ नयाँ संक्रमित थपिए, कूल संख्या ६३ पुग्यो
मकालु खबर
२०७७ भदौ १४ गते
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा थप १३ जनामा संक्रमण पुष्टि भएको छ ।
५१४ जनामा परीक्षण गर्दा थप १३ जनामा संक्रमण पुष्टि भएको नगरप्रवक्ता नवराज भट्टराईले मकालु खबरलाई जानकारी दिए ।
“अस्ति अगाडि ५० जनामा संक्रमण पुष्टि भएको थियो । फेरि पछिल्लो कन्ट्याक्ट् ट्रेसिङ्गबाट १३ जना संक्रमण पुष्टि भएको हो ।”उनले भने, ‘अझै हामी कन्ट्याक्ट् ट्रेसिङ्गकै क्रममा छौं ।’
योसँगै पालिकामा संक्रमितको संख्या ६३ पुगेको छ ।
मकालु खबर
२०७७ भदौ १४ गते
प्रतिक्रिया
सम्बन्धित