ललितपुर महानगर प्रहरी प्रमुखमा सीताराम हाछेथु

काठमाडौं । ललितपुर महानगरपालिकाको प्रहरी प्रमुखमा सीताराम हाछेथु नियुक्त भएका छन् । ट्राफिक प्रहरीका पूर्वप्रहरी निरीक्षक (इन्स्पेक्टर) सीताराम हाछेथुलाई नगर प्रमुखको जिम्मेवारी दिइएको हो।

हाछेथुलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित महानगरले आइतबार नियुक्त गरेको हो। उनी अब ७२ जनाको कमाण्ड सम्हाल्ने छन् ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नगर प्रहरीको क्षमतालाई अझैं चुस्त बनाउन उनलाई ल्याएको बताएका छन्। प्रमुख महर्जनले ट्राफिक प्रहरीमा उनको लामो अनुभवले ललितपुर महानगरका नगर प्रहरी अझैं दक्ष हुने र नमूना नगर प्रहरी बनाउन हाछेथुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *