काठमाडौं उपत्यकामा थपिए २९८ संक्रमित, ४ वर्षीया बालिकासहित थप ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप २९८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १९०, भक्तपुरका ४१ र ललितपुरका ६७ जनामा कोरोना संक्रमण भएको हो ।

यस्तै पछिल्लाे २४ घण्टामा थप ७ काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । महाेत्तरीकी ४ वर्षीया बालिकासहित थप ७ जनाकाे मृत्यु भएकाे हाे । गाेरखाका ६५ वर्षीया महिला र रुपन्देहीमा ६८ वर्षीया महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ ।

यस्तै झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षीय पुरुषकाे  पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै देशभर काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २२८ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *